माओवादी केन्द्र सरकारमा सहभागी नहुने

विहीबार, ०३ फागुन २०७४, १५ : १४
माओवादी केन्द्र सरकारमा  सहभागी नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा  सहभागी नहुने बताएको छ । माओवादी केन्द्रको सर्मथनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रि बनेपनि सरकारमा भने सहभागी नहुने बताइएको हो ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले उनले नेकपा एमालेसँग केही कुरा मिल्न बाँकी रहेकाले आज नै सरकारमा सहभागी नहुने बताइन् ।

“हामी एमालेसँग पार्टी एकताको विषयमा छलफलकै क्रममा छौं, आज हामी सरकारमा जाँदैनौं तर समर्थन भने बाहिरबाटै गर्ने छौ,” भुसालले कुरा गर्दै भनिन् ।

पार्टी एकता कसरी गर्ने, नेतृत्व के हुने, पार्टीको सिद्धान्त कस्तो हुने भन्नेबारेमा अझै पनि कुरा मिल्न नसकेको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस