काठमाडौं । प्रधानमन्त्री केपी ओली आजबाट ६९ औं वर्षमा प्रवेश गरेका छन् । ओली जन्मदिन मनाउन आफु जन्मेको जन्मथलो ते¥हथुमको सल्ले पुग्दैछन् । साविक इवा गाविसको सल्ले (हाल अठराई गाँउपालिका–४) मा २००८ साल फागुन ११ गते ओली जन्मिएका थिए ।
जन्मदिन मनाउन ओली त्यहाँ जाने कार्यक्रम तय भएपछि गाँउपालिकाले सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री आउने र विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्ने कार्यक्रम रहेकोले गाँउपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज छातेढुंगाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङको ढुंगेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उदघाटन गर्नेछन् ।
ओलीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै सम्मान गर्ने कार्यक्रम पनि रहेको नेकपाका केन्द्रीय सदस्य तथा तेहथुम जिल्ला सहइन्चार्ज विजय सुब्बाले जानकारी दिए ।
प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । ओलीसँगै भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र खानेपानी मन्त्री बिना मगर पनि ते¥हथुम पुग्दैछन् । ओली त्यहाँ रहेका आफना पूराना दौतरीसँग पनि केही वेर भलाकुसारी गरि साँझ नै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०७६, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- भावी पुस्ताले बिर्सन नमिल्ने दिन ‘फागुन ७’
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण
१५ बुँदामा भीम राववले गरे प्रधानमन्त्री ओलीमाथि हमला
तीनै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली