ओली प्रधानमन्त्रीमा नियुक्त

विहीबार, ०३ फागुन २०७४, १३ : ००
ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि  वाम गठबन्धनले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।
ओलीले प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतलनिवासमा सपथ लिने कार्यक्रम रहेको  छ ।

 

प्रतिक्रिया दिनुहोस