तीनै चरणको निर्वाचन सम्पन्न महत्वपुर्ण उपलब्धि : देउवा, प्रधानमन्त्रीबाट राजीनामा

विहीबार, ०३ फागुन २०७४, ११ : २६
तीनै चरणको निर्वाचन सम्पन्न महत्वपुर्ण उपलब्धि : देउवा,

                    प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा घोषणा गरेका छन् ।  
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले आजैदेखि राजीनामा घोषणा गरेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरे ।

सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने उनले बताए ।

सरकारले विभिन्न अवरोधकाबीच ठूला आयोजना सञ्चालनको तयारी गरेको भन्दै मेलम्ची खानेपानी, अरुण तेस्रो, हुलाकी राजमार्ग लगायतका योजना तिव्र गतिमा अगाडी बढाएको बताए । उनले आफैले बहुचर्चित चमेलिया जलविद्युत आयोजनको उद्घाटनसमेत गरिसकेको बताए ।

त्यस्तै उनले गरिबी निवारण कोष प्रभाकारी बनाएको, राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै सवै निर्णयहरु गरेको तथा पन्चशीलका आधारमा छिमेकीसँगको सम्बन्ध कायम राख्ने प्रयास भएको बताए ।

करिब १५ मिनेट लामो सम्बोधनका क्रममा देउवाले आफ्नो कार्यकालमा जनजीविविकालगायतक धेरै विष्यमा काम गर्न खोज्दा खोज्दै सम्पन्न गर्न नसकेपनि धेरै सकारात्मक कामको शुरुवात भएको बताए ।

उनले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको जानकारी दिँदै स्वदेशी तथा विदेशी लगानीमा उत्साहजनक सहभागिता बढेको बताए । उत्पादन, रोजगार लगायतमा लगानी बढेको भन्दै जनताको सरकारेकारका विषयलाई उच्च प्राथमिकतामा राखेर गरेको कामलाई आगामी सरकारले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

सम्बोधनका क्रममा देउवाले  आफ्नो कार्यकालमा भारत र चीनको सहयोगको सह्राना समेत गर्न भ्याए ।

सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस