प्रधानमन्त्रि पदको दाबी प्रस्तुत गर्न गठबन्धन शितलनिवासमा

विहीबार, ०३ फागुन २०७४, १० : ४१
प्रधानमन्त्रि पदको दाबी प्रस्तुत गर्न गठबन्धन शितलनिवासमा


प्रधानमन्त्रि पदको दाबी प्रस्तुत गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत एमाले र माओवादी नेताहरु शितल निवास प्रवेश गरेका छन् ।
 
केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु माधव नेपाल, विष्णु रिमाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु शीतलनिवास प्रवेश गरेका छन् ।

गठबन्धनले आफूसँग स्पष्ट बहुमत रहेको जानकारी गराउँदै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्दैछ ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको भोलिपल्टै दुई दलले बहुमतसहितको दाबी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस