ओली प्रधानमन्त्री बन्दै, आज राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरिँदै

विहीबार, ०३ फागुन २०७४, ०९ : ४६
ओली प्रधानमन्त्री बन्दै, आज राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश  गरिँदै

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले आज राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको भोलिपल्टै दुई दलले बहुमतसहितको दाबी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न लागेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको थियो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ संख्या छ । वाम गठबन्धनको दावीपछि राष्ट्रपतिले बिहीबारै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको राष्ट्रपति स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस