सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् ।
महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार आफैंलाई पेटमा गोली हानी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए ।
रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ,’ प्रहरी उपरीक्षक सिग्देलल भने । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको उपचारको क्रममा मृत्यु
आफैँलाई गाेली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु