पाँच घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

बुधबार, ०२ फागुन २०७४, २० : ०८
पाँच घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

बैतडी । चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई थप उपचारका लागि आज हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।  जिल्लामा उपचार हुन नसकेपछि शत्रुमर्दन गुल्ममा कार्यरत हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

उनीहरुको काठमाडौँस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको बताइएको छ । मंगलबार साँझ वर्षासँगैे एक्कासि परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका २२ सैनिक घाइते भएका थिए । घाइतेमध्ये १७ सैनिकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस