काठमाडौँ । नेकपा नयाँ सत्ता सहयात्रीसँग दुई तिहाई कायम हुनेगरी साझेदारीको दिन पर्खिरहेको छ । तर, मन्त्री बन्न तयार भनिएको दलका नेताहरु यसबीच सुटुक्क दक्षिणतिर लागेका छन् । र, योसँगै नेपालको राजनीतिक क्षितिजमा केही नयाँ–नयाँ दृश्य पटाक्षेप हुने सम्भावना बढ्दो छ ।
संयोग वा पूर्वतयारी, जे भए पनि नयाँदिल्लीको दृश्य यस्तो छ – विदेश मामिला हेर्ने साउथ ब्लकमा नेपाललाई सामान्य आँखाले हैन, भित्रसम्मै देख्ने मानिसहरुलाई तैनाथ गरिएको छ ।
जनआस्था साप्ताहिक लेख्छराजापा नेताहरु चाहिँ दिल्लीतिर दौडिएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो नेपाल वायुसेवा निगमको उडानबाट दिल्ली उडेका हुन् । हिजो साँझसम्म फर्किएका छैनन् ।
शरदसिंह भण्डारी पनि स्थलमार्ग भएर पारी पसेको बुझिन्छ । राजपाको रणनीति छ, केन्द्रीय सरकारमा जाने, तर २ नम्बर प्रदेशको सरकार पनि यही प्याकेजअन्तरगत गठन गर्ने कुरामा आनाकानी गर्ने ।
यदी त्यस्तो गरियो भने तराईको राजनीतिमा उपेन्द्र यादव र सिके राउत हावी हुने, नेकपासँगको सहकार्यका कारण आफू पछि परिने आशंका । थाहा छैन, राजेन्द्रले दिल्लीलाई सम्झाएर आउँछन् कि उतैको कुरा सम्झिएर ल्याउँछन् ।
मधेसमा जुन चक्रव्युह सिर्जना हुँदैछ, प्रधानन्त्री केपी ओलीका लागि त्यो तोड्नुपर्ने बाध्यता सिर्जना भएको छ । खारो स्वभावका प्रम ओलीसँग राजेन्द्र महतोको ट्युनिङ मिलेको कारण तीन चरणमा सहकार्यको कुरा भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ माघ २०७६, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो
राजेन्द्र महतोद्वारा पार्टी घोषणा
राजेन्द्र महतोले दिए बंगलादेशका नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाई