चितवन । नेपालका उदीयमान व्यावसायी आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक करोड सहयोग गरेका छन् ।
अध्यक्ष ढकाल आज रंगशाला निर्माण स्थलमा चलिरहेको धनधान्याचल महोत्सवमा आफैँ उपस्थित भई एक करोड सहयोग गर्ने घोषणा गरेका हुन् । अध्यक्ष ढकालले भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, धनधान्याचल संयोजक बागमती प्रदेशका सांसद विजय सुवेदी, भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतलाई एक करोड सहयोग गर्ने पत्र हस्तान्तरण गरेका हुन् ।
‘बिग मर्जर’को नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले क्रिकेट रंगशालालाई सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।
ग्लोबल आईएमई जनता बैँकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
बागलुङको अमलाचौरमा विसं २०२२ मा जन्मिएका चन्द्रप्रसाद ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष छन् । उनी अध्यक्ष रहेका अरु सामाजिक सङ्घसंस्था कयौँ छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युतका क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति भइसकेको छ ।
नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । उनी भन्छन्, ‘संसारका अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै मलिलो छ । यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनतको अपेक्षा गर्छ । म त भन्छु, हामी माटो रोपेर सुन फलाउन सक्छौँ, उद्यम गर्न अन्त कतै भौँतारिनु पर्दैन ।’
अध्यक्ष ढकालले तोकिएकै समयमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न हुने विश्वाससमेत गरे । सहयोग रकम घोषणापछि छोटो प्रतिक्रिया दिँदै ढकालले भने, ‘धनधान्याचलको अन्तिम दिन भएपनि सहयोग गर्न पाएँ, रंगशालमा समयमै सम्पन्न होस् शुभकामना !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
लगानीको वातावरण बनाउन अझै कानुन संशोधन गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल
महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ : चन्द्रप्रसाद ढकाल
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल