सहमति अनुमोदन गर्न स्थायी समिती बैठक

बुधबार, ०२ फागुन २०७४, १४ : ३५
सहमति अनुमोदन गर्न स्थायी समिती बैठक

काठमाण्डौ । पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्न नेकपा एमालेले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएको छ ।

बैठक ललितपुरको मानभवन स्थित व्यबसायी शारदाप्रसाद अधिकारीको घरमा बस्दैछ । यसअघि सोही स्थानमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एक्ला एक्लै वार्ता भएको थियो ।
बैठकले पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच भएको सहमतिलाई अनुमोदन गर्ने छ ।

एमाले स्थायी समितिको बैठकपछि दुईपार्टीको एकता संयोजन समितिको बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस