एकता प्रक्रिया गतिमा

बुधबार, ०२ फागुन २०७४, ११ : ०१
एकता प्रक्रिया गतिमा


काठमाडौँ । दुबै दलका अध्यक्षहरु सह–अध्यक्षमा बस्ने र सरकार समेत आलोपालो रुपमा नेतृत्व गर्ने समझदारीपछि एमाले माओवादी एकता प्रक्रियाले गति लिएको छ ।
सोमबार र मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकताबारे ‘वान टु वान’ छलफल पछि दुवै दल ठोस गृहकार्यमा जुटेका छन् ।   

सरकार गठनअघि नै पार्टी एकीकरणको समेत खाका स्पष्ट पार्नेगरी पार्टी एकीकरण प्रक्रिया अघि बढेको हो। दुई अध्यक्षबीच भएको सहमति अनुसार वाम एकता संयोजन समिति वा नयाँ कार्यदल गठन गरेर राजनीतिक र प्राविधिक विषयमा सहमतिमा पुग्ने गठबन्धनको तयारी छ ।

वाम एकता संयोजन समिति बैठक बुधबार नै बस्दैछ। सम्भवतः दुई अध्यक्षबीच पनि बुधबार संयोजन समिति बैठकअघि छलफल हुनेछ।’

बैठकले पार्टीको भाबी नेतृत्व, पार्टीको नाम, हाल दुबै दलको स्थायी समिति, केन्द्रीय समिति तथा जिल्लास्तरमा रहेको नेतृत्व व्यवस्थापनबारे पनि गृहकार्य गर्नेछ।

प्रतिक्रिया दिनुहोस