अछाम । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी अछाममा मृतावस्थामा भेटिएका छन् । ।
उनको शव आज मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।”
उन अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेका छन् ।
प्रहरीले अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुर सहितको टोली आइरहेको उनले बताए । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्वा्चित भएका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
वृद्धभत्ता खान श्रीमतीको उमेर बढाउने वडाध्यक्षलाई ९ महिना कैद हुने
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन