काठमाडौं । नेपाल वायुसेवा निगमको रिक्त प्रबन्ध निर्देशक पदका लागि आधा दर्जनभन्दा बढीको दौड सुरु भएको छ । गत साता कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि नेतृत्वका लागि दौड सुरु भएको हो ।
नेतृत्वका लागि विगतमा निर्देशक भएका राजु केसी, वरिष्ठ क्याप्टेन सुवास रिजाल, डिमप्रकाश पौडेल, सञ्चालक समितिका सदस्य अच्युतराज पहाडी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईंसहित अन्य पनि दौडमा लागेका छन् । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भने कुनै नामसँग पनि सहमत भएका छैनन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री भट्टराई निगमलाई कम्पनी मोडलमा लैजाने र व्यवस्थापन करारमा दिनका लागि छलफलमा जुटेका छन् । तत्काल कम्पनी मोडलमा लैजान ऐन संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने भएकाले छोटो समयको व्यवस्थापनका लागि कसरी जाने भन्ने छलफलमा मन्त्री जुटेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ४० अर्ब रुपैयाँभन्दा बढी ऋणको भार बोकेको निगम व्यवस्थापन सुधार गर्न जरुरी रहेको भन्दै मन्त्री भट्टराई तत्काल नियुक्ति गरेर पुनः समस्यामा पर्न चाहेका छैनन् । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ माघ २०७६, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा
पर्यटनमन्त्री निगमको कार्यालयमा, कार्यकारी अध्यक्षले गराए योजनाबारे जानकारी
इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज