काठमाडौँ । नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।
नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए ।
यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ माघ २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
हिमाल आरोहण अनुमति सुरु : २४ देशका आरोहीले पाए अनुमति
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका
काला पत्थरजस्तो देखियो हिउँविहीन सिस्ने हिमाल
आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो