पाकिस्तानलाई सैन्य सहयोग दिने ट्रम्पको प्रस्तावले भारत चिन्तित

बुधबार, ०२ फागुन २०७४, ०६ : ५७
पाकिस्तानलाई सैन्य सहयोग दिने ट्रम्पको प्रस्तावले भारत चिन्तित

काठमाडौं । आतंकवाद मुद्दालाई लिएर दवाब दिँदै आएको अमेरिकाले पाकिस्तानका लागि ३३.६ करोड डलर आर्थिक सहयोग गर्ने प्रस्ताव गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबर १ बाट सुरु हुने आर्थिक वर्ष २०१९ का लागि खर्ब डलरको वार्षिक बजेट पेश गरेका छन् ।

उक्त बजेटमा पाकिस्तानका लागि २५.६ करोड डलरको असैन्य सहयोग र आठ करोड डलरको सैन्य सहायताको प्रस्ताव गरिएको छ । केही साताअघि मात्रै ट्रम्प प्रशासनले आतंकवादी संगठनहरु विरुद्ध कारवाही नगरेको भन्दै पाकिस्तानलाई दिँदै आएको झण्डै दुई अर्ब डलरको सुरक्षा सहायता रोक्का गरेको थियो ।

यद्यपि व्हाइट हाउसले आतंकवादी समूहहरु विरुद्ध कारवाही सुरु गरे उक्त निर्णयबारे पूर्नविचार गर्न सकिने बताएको थियो । अमेरीकाले आतंकवाद समाप्त गर्न चाहेको हो भने किन उसले पाकिस्तानलाई सैन्य सहायता गरिरहन्छ भन्ने प्रश्न सधै उठ्दै आएको छ ।

अमेरीकाले आर्तकवादी समुह विरुद्ध कारवाही नगरेको भन्दै पाकिस्तानमाथि सुरक्षा सहायता रोक्का गरे पछि भारतलाई कूटनीतिक जीत हासिल भएको थियो । तर अमेरीकाले फेरी पाकिस्तानका लागि आठ करोड डलर बराबरको सैन्य सहायताको प्रस्ताव गरेसँगै भारतका लागि चिन्ता उत्पन्न गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस