यस्तो रहयो ओली र प्रचण्डबीचको ‘वान टू वान’ वार्ता

मंगलबार, ०१ फागुन २०७४, १९ : ००
यस्तो रहयो ओली र प्रचण्डबीचको ‘वान टू वान’ वार्ता

काठमाडौं । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ ।
ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको दुई नेताबीचको वार्ताले बुधबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । त्यसपछि आजको संवादलाई निकै चासोका साथ हेरिएको थियो । त्यसलाई अन्तिम रुप दिन दुई नेताले आज पनि ‘वान टू वान’ संवादलाई जारी राखेका हुन् ।
पार्टी एकता संयोजन समितिमा एमालेबाट ओलीसहित वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस