चितवन विषेश

प्रमुख राजनीतिक पाटी बिच सहमति ,सहकार्यको खाँचो छ :अध्यक्ष प्रचण्ड

मंगलबार, ०१ फागुन २०७४, १७ : ०१
प्रमुख राजनीतिक पाटी बिच सहमति ,सहकार्यको खाँचो छ :अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा राजनैतिक स्थिरताको वातावरण बनाउने तर्फ आफु लागेको बताउनु भएको छ । शरदपुर उच्च माध्यामिक विद्यालयको ४३ औ बार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको छ । 


देश लामो समय संक्रमणकाल मै गुज्रिएको भन्दै उहाँले अबको यात्र विकास ,निमार्ण र समृद्धिको यात्रा हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले देशको समृद्धिका लागि प्रमुख राजनीतिक दलहरु बिच समजदारी आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो , “मैले प्रमुख राजनीतिक दलहरु बिचमा समजदारी हुनुपर्छ भन्दै आएको छु ।

मेरो जोड समजदारी बनाउने तर्फ नै छ ।” प्रमुख राजनीतिक पार्टी एमाले ,काग्रेस र नेकपा माओवादी मिल्नुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो । आफुले कहिले पनि निषेधको राजनीति गर्ने चाहना नराखेको उहाँको भनाई थियो ।


चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनको समयमा शिक्षा ,स्वास्थ्य ,रोजगारी तथा सुकुम्बासी समस्याको समधानको मार्ग चित्र अनुसार काम गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

संकल्प गरेका केहि विकास निमार्ण ,पुर्वधारका योजनाको कार्य पनि अगाडी बढि रहेको बताउनुभयो । त्यस्तै उहाँले विद्यालले निर्माण गरेको कक्षा १ देखी कक्षा ५ सम्मको ब्लकको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।


 

प्रतिक्रिया दिनुहोस