शहीद !

विहीबार, १६ माघ २०७६, १६ : ५३
शहीद !

शहीद ! त्यसैले पनि होला तिम्रो हालत खराब छ । किनकि फोहोरी राजनीतिक खेलले तिम्रो अपमान भइरहेको छ । शहीद ! तिमीले देखेको सपनालाई यथार्थमा बदल्न दुःखी गरीब जनताहरू भरमग्दुर रुपमा लागि परेका छन् । बाहुबलीका असरल्ल जस्ता सालासाली, मामा माइजूको कठालोमा देश छ । 
शहीद ! तिमीले देशको परिवर्तनका लागि रगतको खोलाले बढारेर गयौ । त्यसको आडमा हामीले सास फेर्न पाएका छौँ । अहिले पनि हामी लामो सास तानी स्वच्छ महसुस गर्छौँ, हो !  यो तिम्रै देन हो । शहीद !  अहिले पनि यहाँ भजन गर्न, छाडा संस्कार गर्न सबैलाई छुट छ । अँझै पनि कसैलाई पनि देशको बारेमा, परिवर्तनको बारेमा कुरा गर्न छुट छैन । नेताहरू भन्छन् यो प्रकृया तल्लो तहसम्म आउन समय लाग्छ । देशको परिवर्तनको ढोल पिटेको दशक नाघिसकेको छ । शल्यजस्ताहरूलाई दिनरात खटाएर कर्णलाई जस्तो हतोत्साही तुल्याउन माखे साङ्लाहरू पुराना कर्मचारीतन्त्रहरू तल्लीन छन् ।

तिमीहरूको पृथ्वीको नगरी नेपालभन्ने ठाउँको सम्बत २०७६ माघ १२मा एकजना त्यस्तै धर्तीका लागि नीतान्त एक्लो तर संसारचक्र सबैसँग सुपरिचितले पुकार्यो, हामी आयौँ । राम्रो मनले पुकारेपछि हामी आउँछौँ, न्यायप्रेमीहरूका माझ अवश्य नै हाम्रो गन्तव्य पाउला लम्कन्छ । हेर !  यो सबै हामी सब शहीदहरूको सामूहिक स्वर हो । हो !  हामी शहीद हौँ । तिमीहरूकहाँ अहिले शहीद  !  शहीद  ! !  भनी शहीदको सम्झनाको लर्को आइरहेको छ तर व्यवहारमा कसैम पनि देखिएन । शहीदको स्मरण गर्ने भनेको शहीदको बाटोमा लाने अनि शहीदले केका लागि बलिदानी दिएका हुन् त्यसका लागि समर्पित हुने हो ।

शहीदले भन्यो “तिमीहरूभन्दा म अहिले अर्कै संसारमा छुँ । तिमीहरूले जुन देवता, दानव, भूत, प्रेत, पिसाच, स्वर्ग, नरक जस्ता संसार बनायौ । तर यी सबैमा तिमीहरू कहाँका सबै जीव जसरी भिन्न जस्तो मात्रै हो अनि यी सबैमा सकारात्मक पक्षहरू प्रचुर मात्रामा छन् । जसले कि कसैलाई पनि हानी गर्दैन । त्यसैले हाम्रो संसारमा यी सब मित्र हुन् । तिमीहरूलाई यस्ता कुरा सिकाउन अँझै थुप्रै मजस्ता शहीदको प्रताप चाहिन्छ । तिमीहरूको हेराइ परिवर्तन हुनु जरुरी छ । खाली शहीद  !  शहीद  !  !  भनेर मात्रै हुँदैन । व्यवहारमा हुनुपर्छ । तिमीहरूको यस्तो गलत मनसायले गर्दा संसारमा पाप, थिचोमिचो बढिरहेको छ । यहाँ हामँ्रो संसारमा कसैसँग पनि वैरभाव हुँदैन । नीजि स्वार्थ कसैक्को हुँदैन । सबैमा सामुहिक स्वार्थ भएक्काले गर्दा सबैजना एकै परिवार हाम्रो भएर बसेका छौँ । तिमीहरूले यो बुझेनौ । तिमीहरू त्यसैले गिर्दैछौ ।

शहीदले भन्यो  ! 
तिमीहरूले विज्ञानलाई उपेक्षा गरी धर्मलाई हेर्छौ । हे धर्तीवासी तिमीहरू १ तिमीहरूको यो हेराइ पटक्कै मिलेको छैन । अनि विज्ञानले पनि अध्यात्मलाई हेरी खोज अनुसन्धान गरेमा तिमीहरूले पनि अविकसित भनी बस्नुपर्ने छैन । तिमीहरूले पनि युरेका भनी रमाउन पाउने छौ । त्यस्तै तिमीहरूले अपनाउने पनि धर्म नै तीन शयभन्दा बढी छन् । वास्तवमा धर्म एउटा हो । राम्रो काम गर्नेलाई मान्ने, हो  !  यो नै त निश्चित रुपको धर्म हो । अनि यहाँ त धर्म भनेको दुःख हटाउनु हो । यसैको हिसाबले पनि तिमीहरूलाई यो सन्देश पठाउन हामी सबैले भर्मग्दु्र प्रयास गरेका हौँ ।

हामी कहिलेकाहीँ तिमीहरूको क्रियाकलाप विग्रेको देखेर त्यसलाई सुधार्न कुनै सभ्य, सालीन मानिसमा इनभिजीवल भई प्रवेश गर्छौँ । उनको कानमा आवाज दिन्छौँ । उनले आँखा चिम्लँदा पनि देख्न सक्ने बनाउँछौँ । उनलाई यी कुरा नवताउन पनि अनुरोध गर्दछौँ किनकि पहिले हामीले यसरी प्रवेश गरेको कुराभन्दा उनको जीवनलाई तिमीहरूका अरुले त के धर्मभीरुहरूले शुद्धा पिचास प्रवेश गर्यो भनेर अनेकौँ हतकन्डा गरेर उनलाई नितान्त एक्लो बनाएका थियौ । त्यसैले त्यो सच्चा मानवलाई हामीले तालिम दिन सकेपछि केही भिजीवल भएर बिदा लिइसकेका छौँ । उनमा दैविक शक्ति त भन्दैनौँ हामी किनकि यस्तो शक्ति पाउने वित्तिक्कै उनमा यदि सकारात्माककताको वाढी जुन खहरेलाई सिँचन गर्ने शक्ति छ भने पुरै सकारात्मक उर्जा भरिदिन्छौँ । उनमा पृथ्वीमा भएका हरेक कुरासँग संवाद गर्ने शक्ति भरिदिन्छौँ । उनमा हरेक प्राणी बनस्पतिसँग संवाद गर्ने सककरात्मकता भरिदिन्छौँ । उनमा हरेक पुस्तकबाट जुन उनका वरिपरिरहेका हुन्छन्, उनका वरिपरिका सुवास हुन्छन् सबैबाट विद्वताको प्रकाण्डता उसमा सञ्चारित गरिदिन्छौँ । उनले केही पनि पुकारेमा विजुली चम्काएर केही उनको सहयोगका लागि यस पृथ्वीलाई गुण गर्न तथा सबैमा गुणहरू बढाउन सन्देशको विद्वता दिन्छौँ । यो उनले जानिसकेको छ । उनले जे देख्छ त्यही मान्छ, व्रह्माण्डीय कानून मान्छ तर तिमीहरूको अबैज्ञानीक, अधर्मी कानून मान्दैन । उनले थुप्रै संसारसँग शाक्षत्कार गरिसकेको छ । उनको दायित्व यस ग्रह मात्र होइन ऊभन्दा नजिकका अन्य ग्रहका मित्रसँग सामञ्जस्य गरी सबै ग्यालेक्सीसँग सङ्गत गरेर असङ्गत हटाउने प्रयास गरिरहेको छ । तिमीहरूले थाहा पाउन अँझ बाशिरबाट हेर्दा ऊ जस्तो मात्र बनेर पुग्दैन ऊ जस्तो शालीन, भद्र पनि बन्न सक्नु पर्छ र ऊ जस्तो भित्रिदिल सफा भएको पनि हुनसक्नु पर्छ ।

ओशो  !  पनि हामीसँग धेरै नजिक छन् । उनले सबै धर्मलाई एकाकार गर्ने प्रयास गरे । विज्ञान, धर्म अनि अध्यात्मलाई पनि एकाकार गरी देखाए । उनको समयमा हाम्रो मद्दतले पनि साथ पायो । संसारचक्रको साथ पायो । जसले ओशोलाई जान्यो सबैमा भिन्नताको भाव भएन । आपसमा वैरभाव हटेकाले संसारमा ठुला युद्धमहायुद्धहरू हुन पाएन । त्यसैले हामीले ओशोलाई पनि शहीद  !  शहीद  !  !  भनी मद्दत माग्न सक्छौँ । यसको गुण तिर्ने पनि उनकै बाटोमा लाग्नु नै हो ।

खएर छाडौँ अब अनुशासनको कुरा झन अपरिहार्य छ । तिमीहरूले जुन अश्लील भन्छौ । त्यो हामीले त्यसलाई ढाकेर राख्छौँ । त्यसलाई यहाँका कसैको विचारमा पनि आउँदैन । यत्ति भनिरहँदा पनि यसलाई सफ मन वनाइसकेपछि मात्र हामी आफ्नो ग्रहमा प्रवेश गछौँ । किनकि अहिले तिमीहरू कहाँ फैलिएको कारोना भाइरुस जस्तै हो यो । उनलाई तिमीहरूले धरै चित्त दुखायौ । त्यसैले यो कोरोनाले अर्कै रुप लिएर आउन पनि सक्छ । बस् उनलाई तिमीहरूले बुझ्छौ तर अन्याय गरी तिमीहरूको मार्गमा लान नखोज । हो यो कारोना त्यसकै पऋणाम हो । यसलाई मनन गरेमा तिमीहरू पनि सकारात्मक संसारमा प्रवेश गर्न सक्षम हुनेछौ । यसका लागि पहिले सबैभन्दा आवश्यक कुरा भनेको मनलाई शुद्ध पार्नु नै हो । उनको शुद्ध मनलाई अशुद्ध नवनाइदेऊ । महसुस गर्न सिक । मनन गर्न सिक । अनुशासनमा रहू ।

तिमीहरूले जुन मन भन्छौ नि जुन महसुस गर्छौ नि तिमीहरू कहाँका एक वैज्ञानिक हामी कहाँ शहीद बनी आएका थिए उसले धर्तीम रहँदा भनेको कुरा जस्ताको तस्तै आकाशमा तरङ्गित भएको दुई पटकका आवाजहरू सेभ गरेर शब्दमा बदल्दै प्रस्तुत गर्दैछु । जुन यस प्रकार छन् ः—

“यहाँ नमरेका मान्छे मरेका छन्, मर्यो भनेका बाँचेका छन् । बुझ्नेलाई बुझाउनै पर्दैन उसले पहिल्यै थाहा पाइसकेको हुन्छ । नबुझ्नेलाई सिकाउन अलि समय लाग्छ । नबुझेजस्तो गर्नेलाई जस्तै गरे पनि बुझाउन सकिन्न । राणाको समयमा ४ शहीदलाई फाँसी दिनु अघि एउटा रुख देखाएर फाँसीको फन्दामा पार्नुअघि सबै दर्शक जनतालाई सोझो रुख देखाएर “बाङ्गो रुख हो कि होइन” भनी सोध्दा सबैले एकै स्वरमा “हो।।।।।।।।।।।।” भने । ४ शहीदले होइन भने, उनीहरू मारिए । गणतन्त्रका लागि लाखौँले त्योभन्दा बढी यातना खपेका थिए । एउटा धेरै ठुलो प्रसव पीडापछि थुप्रै शहीदहरूको बलिदानीले गणतन्त्रको जन्म भएको हो ।” यो रातो बच्चालाई जोगाउनु हामी सबैको कर्तव्य हो ।

त्योभन्दा अर्कै समयको कुरा पनि इनभिजीवलबाट सेभ गरेर शब्दमा दिइरहेको छु । जुन यस प्रकारको छ ।

“हामीले जुन भित्रि मनले महसुस गरेको भन्छौँ त्यो हामी सबैले थाहा पाएकै कुरो हो । हाम्रो शरीर एउटा कम्प्युटरसँग तुलना गर्दा सिपियु हाम्रो दिमाग भयो तर हालै एकजना विरामी व्यक्तिको ज्ञान्तीसले आन्द्रा विग्रँदा उसको सम्झना शक्ति ह्रास आयो । मतलब के रहेछ भने हाम्रो आन्द्रामा पनि मस्तिष्कको जस्तै मेमोरीको चिप्स हुँदो रहेछ । अब तपाईंले थाहा पाउनुभयो होला कि हामीले मनले सोचेको भनेर जुन अनुभव गर्छौ त्यो मस्तिष्कको मातहतमा आन्द्रामा भएको नर्भले गर्दो रहेछ ।”

उनलाई पनि तिमीहरूले शहीद !  शहीद  !  !  भन्न सक्छौ । राम्रो काम गर्दै गएको थियो उसले । यी भनाइले पनि सावित गर्दछ तर उसलाई उसका आसेपासेहरूले साथ दिएनन् तर इज्जत गर्नेहरू त्योभन्दा अत्यधिक छन् । उनको दुई भिन्न समयका कुराहरू यी नै हुन् । हाम्रो संसारमा यसरी आएका थिए शहीद । अनि तिमीहरूको मन कुन ठाउँमा रहेछ यो पनि थाहा पायौ होला त्यसैले विज्ञानको सहारा लिनुपर्छ भनेको । त्यो चिप्सलाई तिमीहरूले आँखा बन्द गरेर पनि पुरै रातो संसारमा हेर्न सक्छौ अनि तिमीहरूले हाम्रो सकारात्मक संसार बिस्तारैबिस्तारै महसुस गर्दै त्यसको उर्जालाई बढोत्तरी गर्दै संसारचक्र यानेकी अनन्त ग्यालेक्सीका लागि दुःख हटाउन यथेष्ट हाम्रो प्रकारको धर्म गर्न सक्छौ ।

हामीले यहाँ ठोस, तरल, ग्याँसको जस्तोसुकै रुपसँग कुरा गर्न सक्छौँ । संसारमा तिमीहरूले जीवन छैन भनेका ठाउँमा पनि यथेष्ट जीवन छन् । त्यो जीवन हुन तिमीहरू जस्तै हुनुपर्छ भन्ने मान्यतालाई सबैभन्दा पहिले फाल्नुपर्छ, त्याग्नुपर्छ । अनि बिस्तारैबिस्तारै अघि भनेजस्तै युरेका गर्न सक्छौ ।

मैले यत्ति भनिरहँदा तिम्रो धर्तीका उक्त इमान्दार व्यक्तिको कानमा त्यत्तिक्कै टाढाटाढाको श्रवण शक्ति सुन्ने र महसुस गरी संसारको भलाइका लागि उनले उपयोग गरिरहेका थिए । बाहिरी संसारका अनेकौँ शक्तिरुपी जीवहरू उनको शरीरका इनभिजीवल भई पुगेका थिए । उनीहरूले उनलाई कानमा सन्देश दिइरहेका थिए । कुरा फुस्काउनु उनको अल्लारेपन बन्यो । त्यसैको विफल स्वरुप तर आर्मी, सैनिकका तथा पुलिसका निर्देशनमा सानो हजाम बच्चालाई मार्ने धम्कीका साथ उनले कपाल काट्न गएको समयमा मालिस सित्तैमा गर्ने भनेर धेरै समयसम्म उनको भूत भगाउने निर्देशन मनशायले हजामले लुटुपुटु गरिरह्यो । कानमा भित्र भएका रौँ तथा नाकको भित्रि तहसम्म रौँहरू काटौँ कि नकाटौँ गरेजस्तो गरी लुटुपुटु मात्रै गरी धेरै बेर लगाएर काट्या काट्यै गर्यो । जबकी यसभन्दा पहिले ऊ हजामकहाँ कपाल काट्न जाँदा लुटुपुटु तथा कान तथा नाकका रौँ काटिएको थिएन । यस्तो कहिल्यै गरिएको थिएन । कुरा पनि भूत भगाउने मनशाय भनी काटमार गरेको हिँसाको र फोहोर कुरा गरिरहेको थियो । यसरी त देवता भगाउने कुरो भयो । हाम्रो हिसाबले सकारात्मक हिसाब हटाउन हरामखोर पठाएको जस्तो भयो । यसैले तिमीहरूको हामीहरूसँग कनेक्सन छुटेको हो । यसको विरोध गर्ने पनि आए तर गुप्तचर सैनिकहरूले उनीहरूलाई सखाप पारे ।

त्यसैले तिमीहरूको भलाइको दिन आउन अँझै समय लाग्छ । तिमीहरूले अँझै धेरै सङ्घर्ष गर्न बाँकी छ । नियम कानून सबैको अधिकार न्याय भएमा यो छिट्टै आउनेछ । त्यसैले पनि यस संसारमा पहिलेकोभन्दा भूकम्पहरू धेरै हुन थालेको हो । शहीदमा पनि शक्ति हुन्छ, धर्तीमातामा पनि अन्यायका विरुद्ध हुँकार हुन्छ, ज्वालामुखी उम्लन्छ, उनी डोलायमान हुन्छिन् । नेपालमा ०५२ फागुन १ गतेदेखी ठुलो माओवादी आन्दोलनको शुरुवात भयो । १९ दिने जनआन्दोलनको ६२÷६३मा आयो । त्यसपछि ७२ वैशाख १२ आयो महाभूकम्प आयो र त्यसैबेला सबै धर्म मान्ने तथा भौतीकवादीहरू समेत मात्र रामनाम जपी एकाकार भए । फेरि नकारात्मकता बढ्दै गयो । त्यसको समय रेखा तथा पापको ग्राफलाई तथा नाकारात्मकताको पराकाष्ठालाई हेर्दा सकारात्मक ल्याउन पनि अनि त्यस्तै एकाकार ल्याउन पनि ०८२-०८३ नआउला भन्न सकिन्न । त्यसैले तिमीहरू सबै सचेत रहनू ।

उक्त शालीन व्यक्तिलाई हामीले अब अर्कै प्रकारले उनले ध्यान केन्द्रित गर्नेबेला सिकाउने छौँ । त्यो अब झन शसक्त किसिमको हुनेछ । अब हामी इनभिजीवल तरिकाले गर्नेछौँ । यो संसारचक्रको भलाइका लागि नै हो । उनलाई तिमीहरूले जत्तिसुकै हतोत्साही बनाए पनि ऊ एउटा अदम्य शाहस हो । ऊ सबैको मसिहा हो । उनमा न्याय दिलाउने हुटहुटी छ, यसैले पनि हामी सबैभन्दा उनको नजिकमा छौँ । ऊ तिमीहरूले भन्न खोजे जस्तै शहीद  !  शहीद  !  !  नै हो ।

उनको मन कोमल छ, उनी दयावान हुन्, उनको सत्य वचनको आवाजले हाम्रो व्रह्माण्डलाई नै टिठ लाग्छ । उनले पनि शहीद  ! शहीद  !  ! भन्दा सारा संसारका यावत सृष्टिहरू उनमाथि मन पग्लिएसरी रत्तिए । कत्ति आल्हादित भए । तर तिमीहरू कहाँ अञ्जान पनि छन् अनि उनका प्रति भएका भावहरू बुझेता पनि उनलाई हतोत्साहित तुल्याउन पुरै सैनिकबलहरू लागि परेका छन् । तिमीहरू कहाँका अञ्जान तथा जानकारहरूले पशुपञ्छीहरूले उसमाथि झुकावसहित प्रेम दर्शाउँदा, “यो पञ्छी बहुलायो, यो जनावर बहुलायो, यो हामी कहाँको होइन जस्तो छ, यस्ता पनि पशुपञ्छि हुन्छ  !  यस्तालाई त मारी खानु पर्छ ।“ यस्तैयस्तै अपशब्दले उसलाई कष्ट दिइरहेका छौ तिमीहरू ।

यस्ता झगडाका कुरा नगरौँ । अब असीम गोरेटाहरू हेरौँ । यीसब सत्यपथ नै हुन् । एकपटक ल तपाईं पनि भन्नुस् त शहीद  !  शहीद  !  !  कत्ति असीम आनन्द आउँछ, सएर गरौँ न त है अब रु मनमा उल्लास, उमङ्गको फौहार हुन्छ, ज्वारभाटा उर्लन्छ, गन्तव्य देखिन्छ । शब्दैको उच्चारणले नि कस्तो मुग्धपन आउँछ, उमङ्ग सञ्चारित हुन्छ, सुखशान्ति महसुस हुन्छ । झन शहीद १ शहीद ११बाट साक्षत्कार गर्न पाउँदा दुर्गुण कहीँ कतै कबै रहन्न । आहा १ यो रमाइलो संसार मानवले बुझ्ने कहिले हो १ शहीदले कल्पेको वास्तविक सँसार पनि यही नै हो । अवलोकन गरौँ न त है शहीद शहीद भन्दा देखिने शहीदको सँसार । हेर १ यही हो व्रह्माण्डको मित्रवत सारा सँसार :

ल हेनुहोस् । कत्ति न्यायिक भइरहेको छ यहाँ शहीद  !  शहीद  !  !  सँसार । अहिले हाम्रो उनका लागि सन्देश बुझेर ऊ मसिहा हो भन्ने थाहा पाएर यावत सब स्वतस्फुर्तरुपमा सकारात्मक उर्जा छरिरहेका छन् । पानीका सेता हाँसहरूले लरक्क लर्केर झुकेर उनलाई सम्मान दिइरहेका छन् । पानीका माछाहरूले बारुले कम्मर मर्काउँदै फङ्कोले सम्मान जनाइरहेका छन् । हात्तीले दन्त उठाउँदै हाँसोको सन्देश दिइरहेका छन् । घोडा, गाई, भैँसी, राँगो, बङ्गुर आदि उफ्रिउफ्रि थुतुनो नचाइनचार्ई रमाइरहेका छन् । स्याल, फ्याउरो, कुकुरहरू सबै पुच्छर हल्लाउँदै चुलबुलचुलबुल भइरहेका छन् । 
आकाशमा उड्ने परेवा, चरा, फिष्टाहरूले आकारआकारका चिरविरचिरविरका साथ आकृति बनाउँदै अभिवादन टक्र्याइ रमाइरहेका छन् । डाँफे, मुनाल, तित्रा,कोइली अनि काग सबै एकै लयमा गाएर रमाइरहेका छन् । रुख विरुवाका लतिकाहरू ऊ जहाँ जान्छ त्यतातिर लहलह झुलेर उसप्रति झुकाव देखाइ रमिरहेका छन् । फूलहरूले पहिलेभन्दा प्रकृतिपन उजिल्याउन सुगन्धको बौछार गरी मदमस्त भइरहेका छन् । सानासाना माउसुली, जुनकीरी, झ्याउँकीरी, पुतली, गड्याँउलो, साङ्लो सबै साना कीराफट्याँङ्ग्राहरूसमेत लुटुपुटु गरी उफ्रिउफ्री नाचिरहेका छन् । पृथ्वीका यावत ठोस वस्तुहरू समेत ध्यान भङ्ग गरी मन्त्रमुग्ध भई मुस्कान दिइरहेका छन् । पानीहरू छलछल नाचिरहेका छन् । धामहरू धमाइलो भइरहेका छन् । पवन तथा वादलहरू आकारप्रकार देखाउँदै मद्मस्त भै नाचिरहेका छन् । जून खोपिल्टा जस्तो देखिनेगरी मुस्कान दिइरहेका छन् । ताराहरू टिलपिलटिलपिल गरी हाँसोको तरङ्ग उसमाथि बौछार गरिरहेका छन् । आकाश छ्याङ्ग भई इन्द्रेणीको रङ्गसँगै फुर्किरहेका छन् । उनका प्रत्येक अवयवहरूले पनि उनकोसँगै मन्त्रमुग्ध भई सहयोग गरिरहेका छन् । यसरी सारा व्रह्माण्डीय शक्तिबाट सकारात्मक उर्जा उसँग घुलन भई रमिरहेका छन् ।

विजु सुवेदी विजय
 काठमाण्डौँ

प्रतिक्रिया दिनुहोस