पूर्वराष्ट्रपतिका साथीनै २० वर्ष जेल

मंगलबार, ०१ फागुन २०७४, १६ : ४७
पूर्वराष्ट्रपतिका साथीनै २० वर्ष जेल


दक्षिण कोरिया । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ ।

दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाउनुभएको थियो ।

चोईलाई हिरासतमा लिएको १५ महिनापछि उहाँमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एजेन्सी

 

प्रतिक्रिया दिनुहोस