काठमाडौँ । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गर्नुभएको छ ।
उहाँले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गर्नुभएको हो । “नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु”, सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।”
नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गर्नुभएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ माघ २०७६, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा
अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा