काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।
सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ ।
प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गरेका थिए भने दुबै पक्षबीच मुक्का हानाहान समेत भएको थियो ।
अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि विवाद हुँदै हात हालाहाल र गमला प्रहारसम्मको अवस्था निम्तिएको हो ।
यसैबीच अनसनरत समूहमाथि आक्रमण भएको भन्दै काँग्रेस नेता अर्जुन नरसिंह केसीले विरोध गरेका छन् । अनसनस्थलमा पुगेर केसीले बूढानीलकण्डमा नेविसंघको तदर्थ समिति गठनबारे भएको सहमतिमा आफ्नो सहमति नरहेको बताए । उनले अनसनरत समूहमाथि भएको आक्रमणको पार्टी सभापति सामु कुरा राख्ने पनि बताए ।
पार्टी कार्यालयमा ४० दिनसम्म रिले अनसन बसेका समूहले आजदेखि आमरण अनसन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ माघ २०७६, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकप्रियता र कार्ययोजना हेरेर स्ववियुमा उम्मेदवार बनाउन नेविसंघमा माग
नेविसंघको विधान मस्यौदा समितिले संशोधित विधान बुझायो
सदनमा सत्तारूढ दलले असंसदीय व्यवहार देखायो : नेविसंघ
नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन
आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने नेविसंघको निर्णय