काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने जनाएको छ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया संस्थागत स्वार्थले प्रभावित भएको देखिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ ।
आकांक्षी पदाधिकारीहरूको सिभी सार्वजनिक गरेपछि सोही व्यक्तिलाई अनुकूल हुने गरी विज्ञप्ति निकालिनु स्वच्छ प्रक्रिया विपरीत भएको संघले उल्लेख गरेको छ ।
४५ दिनदेखि विश्वविद्यालय नेतृत्वविहीन रहँदा सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि अस्तव्यस्त रहेको विज्ञप्तिमा भनिएको छ। महत्त्वपूर्ण पदको नियुक्ति निष्पक्ष, पारदर्शी र योग्य व्यक्तिको आधारमा हुनुपर्ने संघका काठमाडौं विश्वविद्यालय सभापति गणेश थापाले विज्ञप्ति निकालेर जनाएका छन् ।
काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका २० जनाले आवेदन दिएका थिए । उपकुलपतिको नाम सिफारिस गठन गठित समितिले नाम सिफारिस गर्न सकेको छैन ।
सिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, पूर्व सचिव जनार्दन नेपाल र स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनका पूर्वउपकुलपति डा. अर्जुन कार्की छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड
लोकप्रियता र कार्ययोजना हेरेर स्ववियुमा उम्मेदवार बनाउन नेविसंघमा माग