स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०८१, ११ : ५६
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस

काठमाडौँ । पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा प्यानलै जितेका नेविसंघका बागीले विजय जुलुस निकालेका छन् । चैत ७ गते भएको स्ववियु चुनावमा पद्मकन्यामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को बागी उम्मेदवारको प्यानलै विजयी भएको थियो ।

जितको खुसीमा उनीहरूले सोमबार विजय जुलुस निकालेका हुन् । विजय जुलुस क्याम्पस परिसरबाट सुरु भइ रत्नपार्क, त्रिचन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै पुनः पद्मकन्यामा पुगेको थियो ।

 

 

 
 

प्रतिक्रिया दिनुहोस