पोर्ट ब्लेर (भारत) । भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ ।
भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।
अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी १४ मा पनि ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।(रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस