नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट मोबाइल एपबाटै

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, ०९ : २८
नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट मोबाइल एपबाटै

काठमाडौं, ७ माघ । अब राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट बुकिङ नेपाल एयरलाइन्सकै मोबाइल एपबाट सजिलै गर्न सकिने भएको छ ।

अहिले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनेर सेवा सुरु भइसकेको छ भने आइओएसबाट पनि केही सातामै यो सेवा सुरु हुने छ । अहिले अनलाइन बुकिङको लागि इसेवा र आइएमइ पेबाट भुक्तानी गर्न सकिन्छ । उनले अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुक र खरिद गर्न मिल्ने गरी काम अगाडि बढिररहेको छ ।

यो सेवा केही साताभित्रै सुरु गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । 'नेपाल एयरलाइन्स' नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत् प्राप्त गर्न सकिनेछ ।

'सुरुमा घरेलु उडानका लागि टिकट खरिद र बुकिङ गर्न सकिने भए पनि केही सातामै अन्तर्राष्ट्रिय उडानका टिकेट बुकिङ, नेपालका प्रमुख होटल तथा उडानका गन्तव्यहरुको बारेमा जानकारी दिनेगरी मोबाइल एप्लिकेशनमा काम पनि भैरहेको छ ।