काठमाडौँ । नेकपाले प्रतिनिधि सभाको सभामुखको उम्मेद्वार अग्नि सापकोटालाई बनाउने भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने सहमति भएको स्रोतले बताएको छ ।
‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ माघ २०७६, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्रीले विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याए : अग्नि सापकोटा
सडकबाट सरकारलाई खबरदारी गर्छौं : अग्नि सापकोटा
एमालेले हिंसा शब्द प्रयोग गरेर जनयुद्धलाई बदनाम गर्यो : अग्नि सापकोटा
अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको सुनुवाइ सकियो