काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याएको बताएका छन् । मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको उनको भनाइ छ ।
‘मन्त्रीले नै अनौठो, इतिहासमा कहिले नभएको कुरा विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेर, बसेर त्यहाँ विद्युत् प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ, यस अर्थमा वास्तवमा सरकारले बिचौलियाहरुलाई जोगाउने, भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ,’ सापकोटाले भने ।
यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने उनले बताए । उनले भने, ‘व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत् र अन्यमार्फत् सरकारलाई खबरदारी गर्ने छौं ।’ ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणको कार्यालयमा आफ्नो कार्यकक्ष खोलेका छन् । विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुने भएकाले प्राधिकरणमा कार्यकक्ष बनाएको मन्त्री खड्काको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकबाट सरकारलाई खबरदारी गर्छौं : अग्नि सापकोटा
एमालेले हिंसा शब्द प्रयोग गरेर जनयुद्धलाई बदनाम गर्यो : अग्नि सापकोटा
अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको सुनुवाइ सकियो