वैध माओवादि नया जनवादि क्रान्ति तयारी दिवस मनाउने सुरमा

सोमबार, २९ माघ २०७४, १५ : ०२
वैध माओवादि नया जनवादि क्रान्ति तयारी दिवस मनाउने सुरमा

काठमाण्डौ ।  मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकरी माओवादी) ले नयाँ जनवादी राज्यसत्ताको स्थापना हुन नसकेको भन्दै २३ औ जनयु्द्द दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउन आव्हान गरेका छन् ।
सो पार्टीका माहासचिव मोहन बैद्यले सोमबार जनयुद्ध दिवसका अवसरमा जारी गरेको प्रेश वक्तव्यमा तत्कालिन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुगेपनि पार्टीको मूल नेतृत्वले गम्भीर धोका दिएकाले जनयुद्धले गम्भीर धक्का खान पुगेको बताएका छन् ।

मोहन बैद्यले दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाएको आरोप लगाएका छन् ।

उनले स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावलाई नौटङ्कीको संज्ञा दिदै संसदवादी दलहरुले संविधान कार्यान्वयनको झ्याली पिंटेको आरोप लगाएका छन् ।

‘वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र बन्दै गएको छ । यस जटिल स्थितिमा हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौं ’ महासचिव बैद्यले भनेका छन्

प्रतिक्रिया दिनुहोस