काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।
यसैबीच विप्लव समूहले सोही प्रकरणका मुख्य डिजाइनर मध्येका एक भूमाफिया शोभाकान्त ढकालको घरमा बम पड्काएको छ । सानो भर्याङस्थित ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।
विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताइएको छ ।
विप्लव समूहले मिनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो । विप्लव समूहले सो कब्जा गरिएको जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, २० : ५९
लेखकबाट थप