चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्तामा पहिरो रोक्ने काम जारी छ । यही २२ गतेसम्म दिउँसोमा ११ देखि तीन बजे चार घण्टा काम रोकेर पहिरो रोक्न मजदुरहरु खटाइएको थियो । अहिले उक्त समयमा दुई दिन थपेर काम जारी छ । मजदुरहरु जोखिम मोलेर काममा व्यस्त छन् ।
उनीहरु डोरीमा बाँधेर भिरमा काम गर्दै छन् । कोह चट्टाने भिरमा उप्किएका ढुंगा खसाल्दै छन् भने कोही किला ठोकेर तारजाली लगाउने काममा सकृय छन् । यसलाई रक नेटिंग र बोल्टींग भनिन्छ । यसले पहिरो रोक्न सहयोग गर्छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र काली खोलामा पहिरो रोक्न मजदूर खटाइएको छ । सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र