चितवन । नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने क्रम बढिरहेको छ । अष्ट्रेलिया, जापान लगायत विभिन्न मुलुकमा हरेक वर्ष हजारौँ नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेको विभिन्न तथ्याङ्कले दखाउने गरेको छ । पछिल्ला केहि वर्षयता दक्षिण कोरिया पनि नेपाली विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।
केहि दशकमै प्रविधि र विकासमा फड्को मारेर विश्वमा उदाहरण बन्न सफल दक्षिण कोरियामा लाखौँ नेपालीहरु पनि रोजगारीका लागि गएका छन् । रोजगारीका लागि दक्षिण कोरिया एउटा मुख्य गन्तव्य बनिरहेको अवस्थामा विद्यार्थीहरुको पनि आकर्षण बढिरहेको छ । अध्ययनसँगै काम गरेर राम्रो कमाई हुने भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाइएको छ ।
भरतपुर महानगरपालिका ७ का रमेश क्षेत्री अध्ययनका लागि कोरिया गएको साढे २ वर्ष भयो । भरतपुरकै अरोमा कलेजमा प्लस टु साईन्स पढेर कोरिया गएका उनले अहिले अध्ययनसँगै राम्रै कमाई पनि गरिरहेको उनका परिवारको भनाइ छ । रमेश प्लस टु सकिनासाथ अष्टे«लिया अध्ययनका लागि आइएलटीएस पढिरहेका थिए । सोहिक्रममा दक्षिण कोरियामा पनि अध्ययनका लागि राम्रो हुने थाहा पाएपछि उनको सोच बदलियो । अनि दक्षिण कोरियामा अध्ययनका लागि विद्यार्थी पठाउँदै आएको भरतपुरमा सिएमसी अगाडि रहेको गोल्डेन एमिनेन्टमार्फत प्रक्रिया सुरु गरे । डकुमेण्ट बुझाएको ४० दिनमा भिसा आएको रमेशका दाजु प्रकाश क्षेत्रीले बताए ।
अहिले रमेशले अध्ययनपछि बचेको समयमा काम गरेर राम्रो कमाई पनि गरिरहेको प्रकाशको भनाई छ । उनले भने ‘भाईले पढ्दै राम्रो कामाईरहेको छ, आफुले कति काम गर्ने भन्ने त्यसमा भर पर्ने रहेछ, घरमा पनि पठाउँदै छ ।’ सुरुमा त उनीहरुलाई के होला, कसो होला, फँसिने हो कि ? भन्ने चिन्ताले पिरोलेको थियो । उनीहरु काठमाण्डौ र चितवनका विभिन्न कन्सल्टेन्सीमा पुगेर परामर्श पनि गरे । अन्त्यमा गोल्डेन इमिनेन्टबाट प्रक्रिया सुरु गरेपछि सफल भएको प्रकाशको भनाई छ ।
प्लस टु साईन्समा ६१ प्रतिशत ल्याएका रमेशले आइइएलटीएसमा भने ५ दशमलव ५ मात्रै ल्याए । पहिलो वर्ष नै ५० प्रतिशत स्कलरसीप र दोस्रो वर्ष शतप्रतिशत स्कलरसीप पाएका सुरजले दक्षिण कोरियामा आइटी अध्ययन गरिरहेका छन् । कोरियाबाट लिएको डिग्रीले जुनसुकै देशमा सहजै काम गर्न पाईने तथा नेपालमा आएर पनि आफैले प्रयोगमा ल्याउन सक्ने सम्भावना रहेका कारण भाईलाई कोरिया पढ्न पठाईएको उनको भनाई छ ।
दक्षिण कोरियामा अध्ययनका लागि उनीहरुले वर्षको ५ हजार डलर (युएसडी), बस्न १५ सय डलर र खानाका लागि आफैले खर्च गरेका छन् । अध्ययनका लागि कोरिया जानुअघि २० लाखको आम्दानी बैंक एकाउण्टमा देखाईएको र अचल सम्पत्तिका रुपमा १ करोडको भ्यालुएसन देखाउनु परेको उनको भनाई छ । रमेशले भाषाका लागि कुनै पनि औपचारिक कक्षा लिएनन् । आफैले बुक लिएर घरमै पढेका थिए । ‘भाषा पढेर जाँदा अध्ययन र काम गर्न थप सजिलो हुनेरहेछ’ प्रकाशले भने, ‘पढेरै गएको भए अझ राम्रो हुनेरहेछ ।’
गोल्डेन इमिनेन्टमार्फत रमेशमात्रै होइन, अन्य सयौँ विद्यार्थीहरु पनि दक्षिण कोरिया गईसकेका छन् । भरतपुर १० का सौगात सिग्देल, भरतपुर ४ का रसिक न्यौपाने, भरतपुर मेघौलीका विशाल सुवेदी, झापाका सक्सेस लम्साल, भरतपुर जगतपुरका निरुता गुरुङ लगायत सयौँ विद्यार्थीहरु अध्ययनका लागि कोरिया गएको कन्सल्टेन्सीले जनाएको छ ।
कोरियामा ४ वर्षको अध्ययन सकिएपछि २ वर्ष सम्बन्धित युनिभर्सीटीले नै रोजगारी दिने गरेको गोल्डेन इमिनेन्टका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक कुलदिप रिजालले बताए । अध्ययनपछि भिसा परिवर्तन गरी परिवार पनि लान पाउने सिस्टम रहेको उनको भनाई छ ।
अन्य युरोपियन मुलुकको तुलनामा दक्षिण कोरियामा अध्ययन गर्न सस्तो रहेको र कमाई पनि राम्रो हुने भएकाले विद्यार्थीहरुको आकर्षण बढेको इमिनेन्टका म्यानेजर सम्झना क्षेत्रीको भनाई छ । विगत ७ वर्षदेखि दक्षिण कोरियामा नेपाली विद्यार्थी पठाउँदै आएकोमा पछिल्लो समय थप आकर्षण बढेको अफिसर दुर्गा कोइरालाले बताए । कन्सल्टेन्सीबाट हरेक वर्ष ४० जना विद्यार्थी अध्ययनका लागि कोरिया जाने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
बुधबार, २३ पुस २०७६, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु