काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् ।
तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि हान कार्यबाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए ।
महाअभियोग खारेज गर्ने अदालतको निर्णय सर्वसम्मत भने थिएन । पाँच न्यायाधीशले महाभियोग खारेज गर्ने पक्षमा मतदान गरेका थिए भने एक न्यायाधीशले त्यसलाई सदर गर्ने पक्षमा मत दिएका थिए । बाँकी दुई न्यायाधीशले महाभियोग प्रस्ताव नै अस्वीकार गर्ने निर्णय गरेका थिए ।
डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।दक्षिण कोरियाको संविधान अनुसार संवैधानिक अदालतले सदर गरेपछि मात्र महाअभियोग प्रमाणित हुन्थ्यो र प्रधानमन्त्री हान पदमुक्त हुने थिए । तर संवैधानिक अदालतले महाअभियोग खारेज गरेकाले उनी पुनः पदमा फर्किने बाटो खुलेको छ ।
राष्ट्रपति योलले राष्ट्रिय सुरक्षामा असर पर्ने गतिविधि भएको भन्दै मार्शल ल (सैनिक शासन) लागू गर्ने निर्णय गरेका थिए । तर, आफ्नै दलका केही नेता र मुख्य प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका नेताहरुले विरोध जनाएपछि उनले ६ घण्टाभित्रै निर्णय बदलेका थिए ।
तर उनी पदमा रहन योग्य नभएको भन्दै प्रमुख प्रतिपक्षी दललगायतले महाअभियोग प्रस्ताव ल्याएका थिए । उनकै पार्टीका केही सांसदहरुले समेत मत दिएपछि महाअभियोग संसदबाट पास भएको थियो । त्यसपछि राष्ट्रपतिको अनुपस्थितिमा तत्कालीन प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए । तर, योललाई साथ दिएको भन्दै हानविरुद्ध पनि महाअभियोग लागेको थियो ।
तर संवैधानिक अदालतको सोमबारको फैसलामा न्यायाधीशहरू मुन ह्युंग–बे, ली मी–सोन, किम ह्युंग–डु, जुङ जुङ–मी र किम बोक–ह्योङले हानको महाभियोग खारेज गरिदिए । उनीहरूले हानविरुद्ध लगाइएका आरोपहरू महाभियोगका लागि पर्याप्त नभएको निष्कर्ष निकालेको कोरिया हेराल्ड डटकमले जनाएको छ ।
फैसला स्थानीय समय अनुसार बिहान १०ः२० बजे आएलगत्तै हान कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यालय फर्किएका छन् । उनले गभर्नमेन्ट कम्प्लेक्स सउलमा सञ्चारकर्मीहरूका प्रश्नको उत्तर दिने, आपतकालीन सुरक्षा बैठक गर्ने र वित्तमन्त्री चोई सांग–मोकसँग भेटघाट गर्ने लगायतका काम गरेका छन् । उनले चोईले हानको अनुपस्थितिमा कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेका छन् ।
८८ दिनपछि भएको हानको पुनर्बहाली भए पनि कोरियाको विवाद मत्थर हुने सम्भावना भने कम रहेको कोरिया हेराल्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ चैत्र २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ