सियोल । दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । साथै सात जना घाइते भएको धेरै सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको बताइएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग