एजेन्सी । सहरमा बढ्दो प्रदुषण रोक्नको लागि एक सानो–तिनो जंगलले जति नै प्रदूषण सोस्ने प्रविधि विकास भएको छ ।
विश्वका कैयौं प्रमुख सहरमा प्रयोग गर्न थालिएको यो प्रविधि पछिल्लो समय लण्डनमा पनि प्रयोग गरिएको छ ।
ठाडो बंगैचाको रुपमा काम गर्ने यो संरचनामा सानो बेन्च जोडिएको छ । त्यसमा कामबाट थकान महसुस गरेका मानिस बस्न सक्छन् ।
यसलाई ग्रिन–सिटी सोलुसनले निर्माण गरेको हो । कम्पनीले प्रदुषण सोस्ने यो ठाडो बंगैचालाई ‘सिटी–ट्री’ नाम दिएको छ । सिटी–ट्रीले एक प्रतिशत क्षेत्रमा २७५ रुखले जति नै प्रदुषण सोस्छ ।
विश्व स्वास्थ संगठनका अनुमान अनुसार प्रत्येक वर्ष वायु प्रदूषणका अनुसार ७० लाख असामायिक निधन हुने गर्छ । यो विश्वमा सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्या हो ।
सिटी–ट्री बर्लिन, ओस्लो, पेरिस, आम्र्सटरड्याम, ब्रसेल्स, ड्राम्मेन, न्युक्यासेल र हंगकंगजस्ता युरोेप र एशियाका कैयौं सहरमा लगाइसकिएको छ ।
सिटी–ट्री बेन्च १३ फिट अग्लो छ र यसमा १६८२ काईका स–सानो गुच्छा(मुन्टा) राखिएका हुन्छन् ।
काईको संयोजन यसरी गरिएको छ कि यसले पार्टिकुलेट म्याटर(प्रदुषित कण)लाई छान्छ, कार्बनडाई अक्साइड सोस्छ र धुलोजस्ता प्रदूषण हटाउँछ ।
काईमा विशेष ब्याक्टेरिया राखिएको छ जसले १ म्याक्रोनदेखि १० म्याक्रोनबीचका पार्टिकुलेट म्याटरलाई सोस्छ ।
सिटी–ट्रीको प्रभावकारिताको जाँच ल्याब परिक्षण प्रोएम्बिएन्ट इन्स्टिच्युटले गरेको थियो । अनुसन्धानका क्रममा रुखले प्रति वर्ष ०.२२ मेट्रिक टन कार्बनडाइ अक्साइड सोस्छ भने सय रुखको समूहले २.२ मेक्टिक टन कार्बनडाई–अक्साइड सोस्छ ।
परिक्षणका क्रममा सिटी–ट्रीले वातावरणबाट २७५ रुखले बराबर कार्बनडाइ अक्साइड हटाइएको देखिएको थियो ।
त्यस अतिरिक्त प्रति दिन २५० ग्राम पार्टिकुलेट म्याटर पनि सफा गरेको थियो । यसले प्रदुषण सोस्नेमात्र होइन, अक्सिजन फ्याक्छ पनि । फलस्वरुप सिटी–ट्रीले दोहोरो फाइदा दिन्छ ।
बेन्चमा इन्टरनेट सम्पर्क भएकाले यसले वरपरी वातावरणको निरन्तर मापन गरिरहेको हुन्छ । बेन्चले प्रदुषण तथ्याकं, हावा तापक्रम, पानी गुणस्तर र माटो आद्रता तथ्याकं दिने गर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ पुस २०७६, १५ : ४३
लेखकबाट थप