ब्रेन गेन सेन्टरद्वारा काम सुरु, ६४६ जना विज्ञले गराए नाम दर्ता

पत्रपत्रिकाबाट

आइतबार, २० पुस २०७६, ०८ : १४
ब्रेन गेन सेन्टरद्वारा काम सुरु, ६४६ जना विज्ञले गराए नाम दर्ता

काठमाडौँ । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् ।

परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको वेब पोर्टलमा ६४६ जना विज्ञले नाम दर्ता गराएका छन् । बिहीबार आर्थिक विकासमा डायस्पोराको भूमिका विषयमा छलफल भएको थियो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाहेक विभिन्न देशका छरिएर रहेका झन्डै ४० लाख नेपालीको ध्यान स्वदेशमा केन्द्रित गराउन ब्रेन गेन सेन्टरले भूमिका निर्वाह गर्ने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस