प्रकाश दiहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचण्डद्धारा उद्घाटन

आइतबार, २८ माघ २०७४, १६ : २७
प्रकाश दiहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचण्डद्धारा उद्घाटन

भरतपुर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दो प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताउनु भयो ।

“हामीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद हुनुपर्छ भनेर पदमा रहँदा र नरहँदा पनि सक्दो भूमिका निर्वाह गरेका छौं ।” अध्यक्षले भन्नुभयो, “अहिले संघीयतामा देश गएको बेला प्रदेशस्तरमा समेत प्रतियोगिता हुनु सुखद कुरा भएको छ । यसले संघीयता बलियो बनाउन सहयोग पुर्याउँछ ।

प्रकाश दाहालको नाम उच्चारण गर्नुहुँदा भावुक बन्नुभएका अध्यक्ष प्रचण्डले चितवन जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न सक्षम रहेको सन्देश दिएको समेत बताउनु भयो । “यसबाट खेल क्षेत्रमात्रै नभएर चितवनको पहिचान र आर्थिक समुन्नतीमा समेत ठूलो योगदान पुगेको छ ।” अध्यक्षले भन्नुभयो ।

चितवनमा हिजोदेखि प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता सञ्चालन भएको छ । अध्यक्ष प्रचण्डले केही दिनपछि फुटबल प्रतियोगिताको समेत उदघाटन गर्न गइरहेको बताउनुभयो । “चितवन खेल प्रतियोगिता आयोजना गर्ने जिल्लाको रुपमा विकास हुँदा खुशी लागेको छ । यसलाई निरन्तरता दिनु जरुरी छ ।” वहाँको भनाई थियो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुवाँथाई प्रतियोगिता देश र विदेशमा समेत लोकप्रिय हुँदै गइरहेको तथ्यलाई मध्यनजर गरेर यसअघि समेत प्रतियोगिताको उदघाटन गरेको बताउनुभयो । दोश्रोपटक प्रधानमन्त्री भएको बेला अध्यक्ष प्रचण्डले तेश्रो मुवाँथाई प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।

प्रतियोगितास्थललाई शहीद मञ्चको रुपमा विकास गर्न आफूले विगतमा पहल गरेको अध्यक्षले बताउनुभयो । भविष्यमा समेत खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट उल्लेख्य पहल गर्ने वहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस