सुस्त मनस्थिती बालबालिकालाई न्यानो कपडा वितरण

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, २० : २७
सुस्त मनस्थिती बालबालिकालाई न्यानो कपडा वितरण

चितवन । भरतपुर महानगरपालिका–१५ स्थित राष्ट्रिय सुस्त मनस्थिती कल्याण विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरिएको छ ।

लायन्स क्लब अफ नारायणगढ बालकुमारी को विशेष सहयोग र लियो क्लब अफ नारायणगढ बालकुमारी को आयोजनामा न्यानो कपडा वितरण गरिएको हो । आर्थिक रुपले अति विपन्न भएको भन्दै  विद्यालयका बालबालिकालाई यि दुवैं संस्था मिलेर न्यानो कपडा वितरण गरेको छ ।

आज विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि भरतपुर १५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारीले न्यानो कपडा वितरण गर्नुभएको हो  कार्यक्रम को अध्यक्षता लियो क्लब का अध्यक्ष भरत चन्द ले गर्नु भएको थियो ।

सो कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष लायन्स ई. हरिराम पौडेल, निवर्तमान अध्यक्ष बालगोपाल चुके,पूर्व अध्यक्ष ई.ईश्वरराज भण्डारी,पूर्व अध्यक्ष तारानाथ बराल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ अधिकारी, प्रध्यानाध्यापक नन्द बहादुर गुरुङ तथा अतिथि मा लियो क्लब अफ नारायणगढ बालकुमारी का पूर्व अध्यक्ष तथा पूर्व जिल्ला डाइरेक्टर विज्ञान पौडेल तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस