विश्व

को हुन् उत्तर कोरियाली नेता किम जोङ उनका राष्ट्राध्यक्ष ?

शुक्रबार, २६ माघ २०७४, १४ : २०
को हुन् उत्तर कोरियाली नेता किम जोङ उनका राष्ट्राध्यक्ष ?

बीबीसी

दक्षिण कोरियमा छिटै सुरु हुने ओलम्पिक खेलहरूमा उत्तर कोरियाको टिम भाग लिने छ, साथै त्यहाँ हेड अफ स्टेट अथवा राष्ट्राध्यक्ष  पनि जानेछन् ।

उत्तर कोरियाको संसदका अध्यक्ष किम योङ नाम आफ्नो देशको तर्फबाट दक्षिणकोरिया जाने सबैभन्दा ठूलो अधिकारी हुन् । उत्तर कोरियाले किमले उद्घाटन समारोहमा भाग लिने कुराको पुष्टि गरेको छ ।

शुक्रबार हुने यो उद्घाटन समारोहमा दुवै कोरियाली देशका टिमले एउटै झण्डाका साथ मार्च पास गर्नेछ ।

केही मानिस यसलाई सुरुवाती चरणमा दुई देशको सम्बन्धमा भएको चिसोपन हट्ने सङ्केत मानिरहेका छन् तर उत्तर कोरियाको परमाणु महत्वकाङ्क्षामा कुनै असर पर्नेछ भन्ने जानकारहरूलाई विश्वास छैन  ।

किम दक्षिण कोरियामा तीन दिन बस्ने छन् र २२ सदस्यहरूको प्रतिनिधि मण्डको नेतृत्व गर्नेछन् ।

को हुन् किम योङ नाम ?
९० वर्षका किम योङ नामले उत्तर कोरियाको तीन पुस्ताको शासन देखेका छन् । आधिकारिक रूपमा किम उत्तर कोरियाका राष्ट्राध्यक्ष हुन्, जुन आफ्नो देशमा आउने विदेशी राजदूतहरूलाई मान्यता दिन्छन् ।

विदेशी नेताहरूलाई बधाई तथा सान्त्वना सन्देश पठाउने उनकै जिम्मेवारीमा हो । उनी १९९८ देखि उत्तर कोरियाको रबर स्ट्याम्प संसदको सुप्रिम पिपुल्स एसेम्ब्ली प्रमुख पनि हुन् ।

उत्तर कोरियाका सबैभन्दा ठूला नेता किम जोङ उन कहीँ गएका छैनन् तर किम योङ नाम भने कैयौँ पटक आधिकारिक विदेश भ्रमणमा गएका छन् ।

अगस्ट २०१७ मा किम योङ नाम इरान गएका थिए, उनले राष्ट्रपति हसन रुहानीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिएका थिए ।

बफादार नेता मानिन्छन्
किम २०१४ मा रुसको सोचीमा भएको विन्टर ओलम्पिक उद्घाटन समारोहमा पनि भाग लिएका थिए ।
किमलाई उत्तर कोरियाको शासनप्रति बफादार नेताका रूपमा मानिन्छन् । दक्षिण कोरियाको खबर एजेन्सी यनहैपले उत्तर कोरियाबाट आएका एक जनाको भनाइ उद्धृत गर्दै भनेको छ, ‘किम कहिल्यै कुनै गल्ती गर्दैनन् किन कि उनी देशको कमान्ड सम्हाल्ने नेताको इसारामा काम र कुरा गर्छन् । यही कारण उनले उत्तर कोरिया जस्तो देशमा आजसम्म आफ्नो पद जोगाएर राखेका छन् ।’

किम उत्तर कोरिया जानुको अर्थ
दक्षिण कोरियाका एक अधिकारीले नाम नछाप्ने शर्तमा भनेका छन्, ‘किम आएपछि के सङ्केत हुनेछ भने उत्तर कोरिया दुवै देश बीचको सम्बन्ध सुधार्न चाहन्छ र यसका लागि ऊ गम्भीर छ ।’

सञ्चार एजेन्सी यनहैपका अनुसार सियोलले भनेको छ, उत्तर कोरियाको दलसँग उच्च स्तरीय कुराकानीको माग गरिने छ ।’

उद्घाटन समारोहमा किमको भेटघाट अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग हुने छ, जुन दुवै देशबीच चलिरहेको तनावका दृष्टिकोणले महत्वपूर्ण अवसर हुनसक्छ ।

वासिङ्टन पोस्टको एक रिपोर्टमा के भनिएको छ भने ओट्टो वार्मबेयरका बुबा फ्रेड वार्मबेयर पनि उद्घाटन समारोहमा भाग लिने छन् । उत्तर कोरियाको जेलमा रहेका ओट्टो अमेरिका फर्केको केही दिनपछि मृत्यु भएको थियो ।

फ्रेड वार्मबेयर र उनकी श्रीमती सिन्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टेट अफ द युनियन भाषणमा भर्खरै भाग लिएकी थिइन् ।

कुन–कुन खेल खेल्नेछ उत्तर कोरियाले ?
आइतबार दुवै कोरियाली देशहरू साझा टिमले स्विडेनविरुद्ध आइस हक्कीको पहिलो अभ्यास खेल खेल्यो । कोरियायी टिम १–३ ले हार्यो ।

आइस हक्कीबाहेक उत्तर कोरियाली खेलाडीले स्किइङ र फिगर स्कटिङको प्रतिस्पर्धामा भाग लिने छन् ।

उत्तर कोरियाले सयौँ प्रतिनिधि, चियरलिडर र कलाकार पनि शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया पठाएको छ ।

सोमबार उत्तर कोरियाले आफ्नो एउटा टोली फेरी (ठूलो डुङ्गा) मार्फत पठाउने प्रस्ताव राखेको छ, यसका लागि दुवै देशबीच रहेको प्रतिबन्ध हटाउनुपर्ने छ ।

२०१० पछि उत्तर कोरियाली जहाज दक्षिण कोरिया जान प्रतिबन्ध लागेको छ । दक्षिण कोरियाका एक प्रवक्ताले भने, उनी ओलम्पिक खेलहरूको सफल आयोजनाका लागि छुट दिन माग गरिरहेका छन् ।

कहाँ छ दुवै कोरियालीहरूको सम्बन्ध ?
उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम र मिसाइल परीक्षणलाई लिएर धेरै अन्तर्राष्ट्रिय दबाबमा छ ।

यसकारण सबै के आश्चर्यमा परे भने किम जोङ उनले आफ्नो नयाँ वर्षको भाषणमा दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुरा गरे ।

त्यसपछि उत्तर कोरियाले ९ देखि २५ फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा भाग लिने घोषणा गरेको थियो ।

योभन्दा पहिला कोही यसलाई नयाँ सुरुवातको सङ्केतका रूपमा बुझ्दै थिए, उत्तर कोरियाले भन्यो कि यसलाई लिएर कुनै धारणा बनाउन हतारो हुन्छ ।

यसै हप्ता के खबर आयो भने ओलम्पिक खेल सुरु हुनुभन्दा एक दिनअघि ८ फेब्रुरीमा उत्तर कोरियाले एउटा ठूलो सैन्य परेड गर्ने योजनामा छ ।

यो खबर अन्तर्राष्ट्रिय समाचार बन्यो । आलोचनामा घेरिएको उत्तर कोरियाले के उत्तर दियो भने ‘उसको योजना कसैलाई मसला बनाउने हक छैन ।’

यसपछि उत्तर कोरियाले छिमेकी दक्षिण कोरियासँग साथै गर्ने एक सांस्कृतिक कार्यक्रम पनि रद्द गरेको छ ।


त्यही सियोल र वासिङ्गटनले हरेक वर्ष हुने साझा सैन्य अभ्यास केही समयका लागि रोकिएको छ । उत्तर कोरियाले यो अभ्यासलाई आफ्नो असहमति रहेको जनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस