काठमाडौँ । नेपालस्थित चिनियाँ राजदुतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ ।
दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप २३ वटा (५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको) मोटरसाइकल हस्तान्तरण गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिवले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
सो प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०७६, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु