पीपीएलमा चितवन राइनोजबाट तीन विदेशी खेलाडी खेल्दै

विहीबार, २६ मंसिर २०७६, १९ : ००
पीपीएलमा चितवन राइनोजबाट तीन विदेशी खेलाडी खेल्दै

काठमाडौँ ।  पोखरा प्रिमियर लिग पीपीएलमा पारस खड्का कप्तान रहेको चितवन राइनोजबाट खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ ।

चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । रोहन मुस्तफाले गत वर्ष पीपीएलमा बुटवल ब्लास्टबाट खेल्दै ५ खेलमा १ सय २७ रन जोडेका थिए । बाबरले विराटनगर वारियर्सबाट इपीएल खेलेका थिए । गत वर्ष नेपालका तीनै फ्रेन्चाइज लिगमा सन्नी म्यान अफ द सिरिज चुनिएका थिए ।

इपीएलमा ललितपुर प्याट्रियटर्स र डीपीएलमा धनगढीलाई च्याम्पियन बनाउन सन्नीको अलराउन्डर प्रर्दशन उत्कृष्ट थियो । लेग स्पिनर सन्नी ठूला सटका लागि परिचित छन् । सन्नीले एकल प्रर्दशनबाट नतिजा उल्टाउन सक्छन् । गतवर्ष चितवनलाई फाइनलमा पुर्याउन सन्नीले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पीपीएलमा सन्नीले ७ खेलमा ४ मा नट आउट रहँदै १ सय ९४ रन र १० विकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए । इपीएलमा ललितपुरलाई च्याम्पियन बनाउन ७ खेलमा १० विकेट लिदै म्यान अफ द सिरिज चुनिएका थिए ।

यस पटक पीपीएलमा हरेक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने छन् । अन्य दुई खेलाडीको लागि पनि निरन्तर प्रयास गरि रहेको र विहीवार सम्म टुङ्गो लाग्ने चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजको टोलीमा पारस खड्का कप्तान, अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल ।

विदेशी खेलाडीमा सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस