चितवन । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो ।
धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।
गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार अर्ब ५० करोडभन्दा बढी लगानीमा भरतपुर विमानस्थल विस्तार गरिदैँ
श्री एयरलाइन्सले गर्यो भरतपुर विमानस्थलमा परीक्षण उडान
भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने
भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्वे हुने