१७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १३ : ०८
१७ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कैलाली । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका-१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस