प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

विहीबार, २५ माघ २०७४, १४ : ०२
प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

सोल । उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ ।

यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकूद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत गरेको समाचारमा जनाइएको छ ।

यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन ।

दक्षिण कोेरियाको समाचार स्रोतले भन्यो– हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ ।

बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ ।

यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिकको पूर्व सन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस