शैक्षिक ज्ञान संगै अतिरिक्त क्रियाकलाप आबस्यक : अध्यक्ष सुबेदि

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, २० : १२
शैक्षिक ज्ञान संगै अतिरिक्त क्रियाकलाप आबस्यक : अध्यक्ष सुबेदि

चितवन । भरतपुर महानगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष पदम पाणि सुबेदिले विद्यार्थी लाई शैक्षिक ज्ञान संगै अतिरिक्त क्रियाकलाप आबस्यक हुने बताउनु भएको छ ।

स्मल हेभन स्कुल कल्याणपुरको ३४ औं स्पोर्ट्स मिट २०७६ को उद्घाटनमा बोल्दै उहाँले अहिले शिक्षण बिधिमा नै ब्यबहारिक र अतिरिक्त क्रियाकलाप अनिवार्य भएको र यसले विद्यार्थीको मनोबल उच्च बनाउने धारणा राख्नु भयो ।

स्कुलका प्राचार्य गणेश थापाले खेलले विद्यार्थीको हौसला बढिरहेको भन्दै अतिरिक्त क्रियाकलापमा स्कुल जिल्लामै अग्रपन्तीमा रहेको दाबी गर्नुभयो ।

साफमा नेपालले प्राप्त गरेको पदकले सबैको मान बढेकोले स्कुलमा गरिने खेलकुद गतिविधिले भबिस्यमा रास्ट्रले खेलाडी पाउने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस