काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।
मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।
अब क्रिकेटर सन्दिप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दिपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र सन्दिप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ ।
उच्च अदालत पाटनले सन्दिपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन