दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १३ : ३३
दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनकुटा । चौबिसे गाउँपालिका-६ धाराचोकस्थित सडकमा शनिबार साँझ दुईवटा मोटर साइकल एकआपसमा ठोक्किएका छन् । प्र.१-०२-०४४ प ८४५० नम्बरको मोटरसाइकल र को.३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा को.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका-६ बस्ने ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपि कोइराला प्रतिष्ठान घोपा धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस