लागुऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १५ : १२
लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही १७ गते १५:०० बजे काठमाडौं महानगरपालिका-३२ फेमली क्याफेबाट काभ्रे बनेपा बस्ने मकवानपुर हेटौडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाहीलाई पक्राउ गरेको छ । 
निजहरूको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस