विश्वकप लिग–२ः जित्नैपर्ने दबाबमा रहेको नेपाल आज क्यानडाको सामना गर्दै

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १४ : ३१
विश्वकप लिग–२ः जित्नैपर्ने दबाबमा रहेको नेपाल आज क्यानडाको सामना गर्दै

काठमाडौं।  नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज (आइतवार) नेपालले क्यानडाको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे शुरू हुनेछ ।

 

 

यसअघि दुवै खेल हारेको नेपाल यतिबेला दबाबमा छ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग १ विकेटले हार ब्यहोरेको थियो । लिग–२ को अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

लगातारको हारपछि नेपाल आज जीतकै लागि क्यानडासँग भिड्दै छ ।नेपाल र क्यानडाले अहिलेसम्म ४ वटा एकदिवसीय (ओडीआई) खेल खेलेका छन् । जसमा नेपालले ३ जीत हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । 

 

 

 

 

त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जीत हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले ओमानसँगको अन्तिम खेल भने मंगलवार खेल्नेछ । नेपालले ओडीआई श्रृंखलापछि क्यानडा र ओमानसँग टी–२० मा समेत प्रतिस्पर्धा गर्दैछ । 

प्रतिक्रिया दिनुहोस