काठमाडौं । बैतडीमा पुर्चौडी नगरपालिका– ४ मा शनिबार भएको उपनिर्वाचनमा ९९ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
पुर्चौडी नगरपालिका– ४ स्थित महादेव मावि सिबावो मतदानस्थलबाट ९९ वर्षीय बिरुवा धानुकले मतदान गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । धानुकले शनिबार साढे १ बजे मतदान गर्नुभएको हो । मतदानमा सहभागी वृद्धले आफूले देश विकासको लागि लागि पर्ने उम्मेदवारलाई मतदान गरेको बताउनुभयो ।
यस्तै सुर्नया गाउँपालिका– १ मा रहेको साविकको गाविस भवन गुर्केली मतदानस्थलबाट ९६ वर्षीय महावीर चन्दले पनि मतदान गर्नुभएको छ । उहाँले बिहान ११ बजेर ३७ मिनेटमा मतदान गर्नुभएको हो । दोगडाकेदार गाउँपालिका– ४ को श्रीकेदार मावि पिपलकोटबाट ९१ वर्षीया पार्वती भट्टले पनि मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ मंसिर २०७६, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु